जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १७:१०

दीपेश पुन ४ लाख धरौटीमा रिहा


काठमाडौं, ७ बैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।