जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १८:२९

बझाङ उपनिर्वाचनमा बाबुरामको पार्टीले भोट नहाल्ने


काठमाडौं, ७ बैशाख । डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

बुधबार र विहिबार बसेको पार्टीको सचिवालय बैठकले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने निर्णय गरेको हो ।

नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम–२ मा भने पहिचानवादी उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।