जनता टाइम्स

९ बैशाख २०८१, आईतवार १९:४६

इमालमा कांग्रेस उम्मेदवार निकै कमजोर देखिएपछि प्रचार छाडेर अमेरिका उडे गगन थापा


काठमाडौं, ९ बैशाख । इमालमा पार्टी उम्मेदवार निकै कमजोर देखिएपछि कांग्रेस महामन्त्री गगन थापा प्रचार छाडेर अमेरिका उडनु भएको छ । कांग्रेसका महामन्त्री अमेरिका पुग्नुभएको हो । इलाम–२ मा हुने उपनिर्वाचनको प्रचारप्रसारबाट फर्किएलगत्तै थापा अमेरिका प्रस्थान गर्नुभएको हो । यसअघि नै थापाको परिवार अमेरिका पुगिसकेको छ ।

अमेरिकामा थापा पारिवारिक घुमघाम र जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो । भोली थापा नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ ।

जनसम्पर्क समिति क्यालिफोर्नियाका नेता गौतम दाहालका अनुसार थापाले नेपाली ५ बजे क्यालिफोर्नियाको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउनुहुनेछ । थापाले मिन्नेसोटा र क्यालिफोर्नियामा पारिवारिक भेटघाट गर्ने बताइएको छ । थापाका काका क्यालिफोर्निया र भाइहरू मिन्नेसोटामा बस्दै आउनुभएको छ ।