जनता टाइम्स

१२ बैशाख २०८१, बुधबार १६:५४

जाँदाजाँदै कतारका अमिरले भने – आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !


काठमाडौं, १२ बैशाख । कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिनुभएको छ ।

अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचिन इतिहासको केहि अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरु र आम जनतालाई धन्यवाद दिनुभएको हो ।

उहाँले भ्रमणका क्रममा आफुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आर्थिक सम्बन्धलाई विकास गर्ने र द्विपक्षीय सहयोगलाई माथिल्लो स्तरमा पुर्याउने विभिन्न साझेदारहरूसहित सुदृढ गर्नेबारे छलफल भएको बताउनुभएको छ । अमिर थानी आफ्नो दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्किनुभएको छ ।