जनता टाइम्स

१२ बैशाख २०८१, बुधबार १७:३२

काँग्रेस सांसद गुरुङको निलम्बन फुकुवा


काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ । संघीय संसद सचिवालयले बुधवार एक सूचना जारी गर्दै सर्वोच्चको आदेश अनुसार सांसद गुरुङको निलम्बन फुकुवा गरेको जानकारी दिएको हो । गत चैत १६ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवाको आदेश दिएको थियो ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरूङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । गुरुङमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेपछि संसद सचिवालयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ) र दफा ३३ बमोजिम मुद्धाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन गरेको थियो ।