जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार १७:२२

इलाम–२ मा अहिलेसम्म ५५ प्रतिशत मतदान


इलाम, १५ बैशाख । इलाम २ को उपनिर्वाचनमा अहिलेसम्म ५५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले साढे ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको बताएको छ ।

इलाम–२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।

यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेका छन् ।