जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार १८:१२

मुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !


काठमाडौं, १५ बैशाख । धेरै पटक हामी इन्टरनेट ढिलो भएको पाउछौं । इन्टरनेट सुस्त हुनुमा धेरै कारणहरू छन् । कहिले लोकल टावरका कारण कनेक्टिभिटी नहुँदा त कहिले फोन वा लोकल केबलमा गडबडीका कारण ढिलो इन्टरनेटको सामना गर्नुपर्ने हुन्छ । पछिल्ला केही दिनदेखि धेरैले इन्टरनेट ढिलो भएको गुनासो गरिरहेका छन् र यो समस्या भविष्यमा पनि रहिरहने सम्भावना छ ।

समुन्द्र मुनि बिछ्याइएको फाइबर अप्टिकल केबलमा अवोर्ध भएको समाचार आएको छ । समुन्द्र मुनि धेरै ठाउँमा फाइबर अप्टिकल केबल बिग्रिएकाले नेपालसहित भारत, पाकिस्तान, सिङ्गापुर लगायत एसियाका धेरै देशहरुमा सुस्त इन्टरनेटको समस्या हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । युरोपेली देशहरू पनि यसबाट प्रभावित हुन सक्छन् ।

प्राप्त जानकारी अनुसार सिङ्गापुरलाई पाकिस्तान र युरोप जोड्ने फाइबर अप्टिक केबल इन्डोनेसिया नजिकका धेरै क्षेत्रमा बिग्रिएर दक्षिणपूर्वी एसिया, मध्यपूर्व र युरोपका इन्टरनेट सेवा प्रभावित भएको छ । यी तार मर्मत गर्न महिनौं लाग्ने बताइएको छ । यस क्षतिका कारण पाकिस्तान टेलिकम कर्पोरेशन लिमिटेड र ट्रान्सवर्ल्डको सेवा ठूलो मात्रामा अवरुद्ध भएको छ । पाकिस्तानका इन्टरनेट प्रयोगकर्ताहरूले यसबारे लगातार गुनासो गरिरहेका छन् ।