जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार ००:००

इलाम २ को मतगणना आइतवार बिहानबाट मात्रै


इलाम, बैशाख १६ । इलाम-२ को मतगणना आज मात्र हुने भएको छ।

मतपेटिका संकलनमा ढिलाई भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना आज बिहानका लागि सारेको हो। यस विषयमा सर्वदलीय बैठकले समेत सहमति जनाएको छ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले सबै मतपेटिका आइपुग्न समय लागेकोले मतगणनामा ढिलाई भएको बताउनु भयो ।

मतगणना गर्ने तयारी भए पनि मतपेटिका संकलनमा ढिलाई हुन गएको हो । सर्वदलीय बैठकले पनि आइतवार बिहान ७ बजेदेखि मतगणना गर्ने सहमति जनाएको छ।