जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १४:२८

शङ्खमूलमा आगलागी, गाडीको वर्कसप सहित विभिन्न पसलमा क्षति


काठमाडौं, १६ बैशाख । काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ । दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने एकीन भएको छैन ।

ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आएको थियो भने त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र आइपुगेको थियो । प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ ।