जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १४:३२

बझाङमा पनि सुरू भयो मतगणना


कैलाली, १६ बैशाख । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ र २ बाट गणना थालिएको हो । शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।