जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १५:४१

बझाङ उपनिर्वाचन मतपरिणाम : एमालेका भण्डारीको फराकिलो अग्रता, पछ्याउँदै कांग्रेसका सिंह


बझाङ, बैशाख १६ । बझाङमा उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। यहाँ नेकपा एमालेका दमन भण्डारीले अग्रता लिनुभएको छ । भण्डारीले ७५७ मत पाउँदा नेपाली कांग्रेसका अविशेक सिंहले ३८० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका जनक बुढाले २२६ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ भने नेकपा समाजवादीका दिलबहादुर सिंहले ११५ मत ल्याउँदा राप्रपाका किशोर खड्काले ३ मत प्राप्त गर्नुभएको छ ।

जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिएको हो। बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो।

नेकपा एमालेबाट दमनबहादुर भण्डारी,नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जनकबहादुर बुढा,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दिलबहादुर सिंह प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार हुनुहुन्छ ।