जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १६:३०

दोस्रो खेलमा नेपाललाई १० रनले पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ विजयी


काठमाडौं, बैशाख १६ । नेपाललाई वेस्ट इन्डिज ‘ए’ले १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रनको योगफल तयार पारेको थियो ।

जवाफी ब्याटिङ गर्ने क्रममा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७१ रन बनाए। त्यसैगरी गुलशन झाले २६ रन, लोकेश बमले १७ रन, आरिफ शेखले १२ रनको योगदान गर्नुभयो । अन्य खेलाडिले उल्लेख्य प्रदर्शन गर्न सकेनन ।

वेस्ट इन्डिजका ओबेद म्याककोय र गुडाकेश मोतीले २÷२ विकेट,ओसेन थोमस र रोस्टन चेजले /÷१ विकेट लिनुभयो ।

त्यस अगाडि वेस्ट इन्डिज ‘ए’का ०६ रनको योगफल बनाउँदा आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाउनु भएको थियो । कप्तान रोस्टन चेजले २३ रन जोडे भने अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २/२,सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिनुभयो ।

आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’टोलीसँग खेलेको हो । शनिबार नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हराएको थियो। नेपाल र वेस्टइन्डिज ‘ए’बीचको तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।