जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १६:३९

बझाङमा एमाले उम्मेदवार भण्डारी दोब्बर मतले अगाडि


काठमाडौं, बैशाख १६ । बझाङ प्रदेशसभा– १ (क) मा एमालेले सुवाती मतगणनामै फराकिलो अग्रता बनाएको छ ।

छविसपाथिभेरा गाउँपालिकाका १, २,३ र ४ वडाको मत गनिसक्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १३०३ मतसहित फराकिलो अग्रता लिनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मतका साथ पछ्याउँदै हुनुहुन्छ । भण्डारी र सिंहको मतान्तर ६४७ रहेको छ । यस्तै माओवादी केन्द्रका जनक बुढाले ४०२ मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत प्राप्त गर्नुभएको छ ।

बझाङ प्रदेश सभा (क) मा प्रदेश सभा सदस्य उपनिर्वाचनमा ३० हजार तीन सय २८ खसेको थियो । बझाङ प्रदेशसभा १ ९१० बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ मा निधन भएपछि रिक्त स्थानमा २०८१ वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।