जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १८:१६

बझाङउपनिर्वाचन अपडेट : छबिसपाथिभेराको ६ वटा वडाको मतगणना सकिँदा एमाले पहिलो, कांग्रेसलाई पछि पार्दै दोस्रोमा उक्लियो माओवादी


बझाङ, बैशाख १६। बझाङ १ (क) मा भएको प्रदेशसभा उपचुनावको मतगणना जारी रहँदा कांग्रेस उम्मेदवार तेस्रो स्थानमा पुगेका छन ।

अहिलेसम्म छबिसपाथिभेरा गाउँपालिका वडा नम्वर १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ । ६ वटा वडाको मतगणना सकिदा दोस्रो स्थानमा रहेको कांग्रेस तेस्रोमा झरेको छ भने माओवादी दोस्रोमा उक्लिएको छ ।

६ वटा वडाको मतगणना सकिँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारी १ हजार ५९२ पाउनु भएको छ । माओवादी उम्मेदवार जनक बुढाले १ हजार मत ल्याउनु भएको छ ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाउनु भएको छ । यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७७ र राप्रपाका किशोर खड्काले २० मत पाएका छन् ।