janatatimes

१६ बैशाख २०८१, आईतवार १९:१३

इलाम–२ मा सुहाङ नेम्वाङले लिए अग्रता


काठमाडौं, १६ वैशाख, । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ । फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाउनुभएको छ । वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार खड्का ३०० मत भन्दा बढीले पछाडि पर्नुभएको छ ।

उहाँले दुई हजार १९७ मत पाउन्भएको छ । त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाउनुभएको छ ।