जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार २३:२०

फाकफोकथुम गाउँपालिकाको मतगणना सकियो, एमाले उम्मेदवार सुहाङले फराकिलो अग्रता बनाउँदा कुन दलको कति मत ?


इलाम, बैशाख १६ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा फाकफोकथुम गाउँपालिकाको मतगणना सकिदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता झनै फराकिलो बनाउनु भएको हो ।

फाकफोकथुमको ७ वटै वडाको मतगणना सकिँदा एमालेका सुहाङले ४४ सय १३ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३२ सय ५८ मत पाउनु भएको छ । खडकालाई सुहाङले ११ सय ५५ मतले पछि पार्नुभएको हो ।

परिणामअनुसार स्वतन्त्र उम्मेद्वार डकेन्द्र थेगिमले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु ६४५ मत पाएर चौथो स्थानमा उभिनुभएको छ ।

तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम रहनुभएको छ । थेगिमले ११ सय ५५ मत पाउनु भएको छ भने चौथो स्थानमा रहनुभएका रास्वपा उम्मेदवार मिलन लिम्बुले ६४५ मत पाउनु भएको छ ।