जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार ००:४२

एमाले उम्मेदवार सुहाङको झनै फराकिलो अग्रता, १२ सय ६६ मतले पछि परे कांग्रेसका खडका


इलाम, बैशाख १७। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई झनै फराकिलो बनाउनु भएको हो ।

फाकफोकथुम गाउँपालिकाको ७ वटै वडाको मतगणना सकेर चुलाचुली नगरपालिकाको मतगणना सुरु गरेपछि आएको परिणामअनुसार १२ सय ६६ मतले अग्रता दिनुभएको हो ।

फाकफोकथुमको मतगणना सकिँदा सुहाङले ४४ सय १३ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३२ सय ५८ मत पाउनु भएको छ । खडकालाई सुहाङले ११ सय ५५ मतले पछि पार्नुभएको थियो । चुलाचुली नगरपालिका वडा नम्बर १ को मतगणना सकिँदा सुहाङ ५ हजार २५ मत प्राप्त गर्नुभएको छ भने खडकाले ३७ सय ५९ मत प्राप्त गर्नुभएको छ ।

चुलाचुलीमा सवैभन्दा बढी मत स्वतन्त्र उम्मेद्वार डकेन्द्र थेगिमले पाउनु भएको छ । सो मतसँगै थेगिमको मत १९९६ पुगेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु ७६० मत पाएर चौथो स्थानमा हुनुहुन्छ ।

फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको एक नम्बर वडा गणनापछि :

सुहाङ नेम्वाङ (सूर्य) : ५०२५
डम्बर बहादुर खड्का (रुख) : ३७५९
डकेन्द्रसिंह थेगीम (मुढा) : १९९६
मिलन लिम्बू (घन्टी) : ७६०
चुलाचुली वार्ड नम्बर एक
सूर्य : ६१४
रुख : ५०१
मुढा : १०३१
घन्टी : ११५