janatatimes

१७ बैशाख २०८१, सोमबार ०६:२५

इलाम–२ मा सुहाङ झण्डै २ हजार मतले अगाडि


काठमाडौं, १७ बैशाख । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले झण्डै २ हजार मतको अग्रता कायम राख्नुभएको छ ।

पछिल्लो विवरणअनुसार सुहाङले ७ हजार ३३ मत पाउँदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार १०९ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले १ हजार १०९ मत पाउनुभएको छ । मतगणना जारी छ ।