जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार ०८:१२

इलाममा मतान्तर बढाँउदै एमाले : कांग्रेसलाई पछ्याउँदै पहिचानवादी उम्मेदवार, २२ हजार मत गन्दा कसको कति ?


इलाम, बैशाख १७ । इलाम–२ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ ।

अहिलेसम्म २१ हजार ८१० मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाउनु भएको हो ।

सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याउनु भएको छ ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत प्राप्त गरी चौथो स्थानमा खुम्चनु परेको छ ।