जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १३:१३

बझाङमा एमाले उम्मेदवार भण्डारीको अग्रता बढ्यो, ४४६ मतले पछि परे कांग्रेसका सिंह


बझाङ, बैशाख १७ । बझाङमा भएको प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारले पुनः अग्रता लिनुभएको छ ।

निर्वाचन आयोगले अहिलेसम्म सकाएको मतगणनामा एमाले उम्मेदवार भण्डारीले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई ४ सय ४६ मतले पछि पार्नुभएको हो ।

आयोगका अनुसार भण्डारीले ११ हजार २ सय ९५ मत पाउनु भएको छ भने कांग्रेसका सिंहले १० हजार ८४९ मत पाउनु भएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ७५ सय मत पाउनु भएको छ । निर्वाचनमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १२ मत पाउनु भएको छ ।