जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १७:२७

इलाममा एमाले उम्मेदवार सुहाङ ५६६२ मतले अगाडि, कांग्रेसलाई स्वतन्त्र उम्मेदवार थेगिमले पच्छ्याइरहँदा रास्वपा र नेकपा एसको अवस्था बेहाल


इलाम, बैशाख १७ । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता अझै फराकिलो बनेको छ ।

अहिलेसम्मको मतगणना परिणामअनुसार सुहाङले १६ हजार २१९ मत पाउनु भएको छ भने नेपाली कांग्रेसका डम्बर खडकाले १० हजार ५५७ मत पाउनु भएको छ । कांग्रेस उम्मेदवार खडकाले पाएको भन्दा एमाले उम्मेदवार नेम्वाङले ५ हजार ६६२ बढी रहेको छ ।

यस्तै तेस्रोमा रहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार ८२५ मत पाउनु भएको छ भने रास्वपाका उम्मेदवार मिलन लिम्बुले २६ सय ४५ मत पाउनु भएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार मनिबहादुर लिम्बुले ३८४ मतसहित पाँचौं बन्दा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राई २९४ मतका साथ छैटौं स्थानमा रहनुभएको छ ।