जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १९:२८

१२ को प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ


पोखरा, १७ बैशाख । कास्की प्रहरीले कक्षा १२ को प्रश्नपत्र आउट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । आइतबार भएको सामाजिक विषयको प्रश्नपत्र आउट गर्ने पोखरा महानगरपालिका वडा नं. ११ फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र सोही ठाउँका वर्ष ३७ का रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरी टोलीले नाराणण र रामचन्द्रको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका आठ थान र तीन मोबाइलसमेत नियन्त्रणमा लिइएको छ । आइतबार ९ बजेतिर पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारी स्थित शिवशक्ति माविबाट प्रश्नपत्र आउट गरेपछि नियन्त्रणमा लिइएको हो।