जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार २२:३६

इलाम-२ मा १४ हजार मत गन्न बाँकी रहँदा एमालेका सुहाङले कायम गरे ७ हजारको अग्रता, कस्ले कति मत पाए ? (सूचीसहित)


इलाम, बैशाख १७ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खडकालाई निकै धेरै मतले पछाडि पार्नुभएको छ ।

अहिलेसम्म कुल ५२ हजार २७३ मतगणना सकिदा एमाले उम्मेदवार सुहाङले २१ हजार ३८० मतसहित फराकिलो अग्रता कायम गर्नुभएको हो । उहाँलाई नेपाली कांग्रेसका खडकाले १४ हजार ७५२ मतका साथ पच्छ्याइरहनु भएको छ । उहाँहरुबीचको मतान्तर ६६ सय २८ रहेको छ ।

यस्तै तेस्रोमा पहिचानको नाममा राजनीति गरिरहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १० हजार १४६ मत प्राप्त गर्नुभएको छ भने रास्वपाका मिलन लिम्बुले ३६ सय ९ मत पाउनु भएको छ ।

फाकफोकथुमबाट सुरु भएको मतगणना माङसेबुङ, चुलाचुली, माइ, देउमाइ र इलाम नगरपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा यो परिणाम आएको हो । इलाम २ को उपनर्विाचनमा ६६ हजार मत खसेको छ । अव १४ हजार मत गणना हुन बाँकी रहेको छ ।