जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार ०९:५३

जनताले गरे माधव नेपालको सारै ठूलो अपमान : इलाम-बझाङ दुवैतिर जमानत जफत गरेर दिए नेकपा एस सकिएको प्रमाण


नेपाली कम्युनिष्ट आन्दोलनमा जवजलाई मोडिफाइ गरेर ‘जीवनभर पार्टीको प्रमुख पदमा आफूबाहेक अरु कोही हुनुहुन्न’ भन्ने सिद्दान्त नै प्रतिपादन गर्नुभएका माधवलाई उपनिर्वाचनमा जनताले जमानत नै जफत गरेर नराम्रोसँग दण्डित गरेका हुन।

यसिमा महत

‘मेरो पार्टीको हैसियत जस्तोसुकै भए पनि म नेता हो, सवैभन्दा माथिको हैसियत मलाइ नै चाहिन्छ, म प्रधानमन्त्री हुनैपर्छ’ भन्दै बार्गेनिङ गरिरहनु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई जनताले कालो मोसो दलिदिएका छन । नेपाली कम्युनिष्ट आन्दोलनमा ‘जीवनभर पार्टीको प्रमुखमा आफूबाहेक अरु कोही हुनुहुन्न’ भन्ने सिद्दान्त नै प्रतिपादन गर्नुभएका माधवलाई उपनिर्वाचनमा जनताले जमानत नै जफत गरेर नराम्रोसँग दण्डित गरेका हुन ।

इलाम २ र बझाङमा भएको उपनिर्वाचनमा माधवको पार्टी नेकपा एकीकृत समाजवादीका उम्मेदवारको धरौटी जफत भएको छ । उपनिर्वाचनमा आएको यो परिणामसँगै अव नेकपा एकीकृत समाजवादी देशरभर लगभग सून्यमा पुगेको प्रमाणित भएको सोही दलका नेताहरुको बिश्लेषण रहेको छ । उपनिर्वाचन भएका दुवै क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको हो । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि इलाम २ र बझाङ प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको हो ।

इलाम २ मा माधव अध्यक्ष रहेको एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले केवल ४ सय ८ मत मात्रै पाउनु भयो । इलाममा ६९ हजार ३ सय ७२ मत खसेकोमा ९ सय २ मत बदर भई ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । जसमा माधवको उम्मेदवारले ४ सय ८ मत अर्थात १ दशमलव ६८ प्रतिशत मत पाएका छन ।

उपनिर्वाचनमा आएको यो परिणामसँगै अव नेकपा एकीकृत समाजवादी देशरभर लगभग सून्यमा पुगेको प्रमाणित भएको सोही दलका नेताहरुको बिश्लेषण रहेको छ ।

यस्तै बझाङमा पनि सो पार्टीका उम्मेदवार दिलबहादुर सिंहले जमानत जोगाउन सक्नुभएन । पूर्व र पश्चिम दुवैतिर नेकपा एसका उम्मेदवारको जमानत जफत भएपछि जनताले पार्टी पुटाएर जाने गद्दारहरुलाई मत नहाल्ने अठोटसहित सो पार्टीलाई अवको निर्वाचनमा देशभर सानदार सून्य सिटमा पुर्याउने दृढ संलल्प जनताले गरेको तथ्य उजागर भएको छ ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले उपनिर्वाचनमा आफ्नो जनाधार सवैभन्दा बलियो रहेको डिङ हाँक्दै एक्लै चुनाव लड्ने उदघोष गरेको थियो । उस्ले बझाङमा त एमालेले आफूलाई छाडनुपर्ने सर्तसमेत राखेको थियो । तर परिणामले शतप्रतिशत झुटो रहेको र जनताले कालो सूचीमा राखेको तथ्य स्थापित गरेको छ ।

उपनिर्वाचनमार्फत जनताले माधवलाई नेपाली कांग्रेस वा नेकपा एमालेमध्ये एकतिर बिलय भएर बाँकी जीवन चलाउन र पार्टीका नाममा खुद्रा पसल खोलेर नआउने आदेश दिएका छन । जनताको यो आदेशपछि माधव अव कोटेश्वर दरवारभित्रको शान बनेर बस्नुपर्ने देखिएको छ ।

 

गएको २०७९ को निर्वाचनमा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन सकेको थिएन । प्रत्यक्षतर्फ कांग्रेस, माओवादी र जसपासहित ५ दल मिलेर दलीय तालमेलका आधारमा संघमा १० सिट जितेको थियो । तर उपनिर्वाचनमा जनताले सिस्नो पानी लगाएर माधवको पार्टी अव नचल्ने भन्दै कांग्रेस वा अन्य पार्टीमा बिलय गराउन आदेश दिएका छन ।

उपनिर्वाचनमार्फत जनताले माधवलाई नेपाली कांग्रेस वा नेकपा एमालेमध्ये एकतिर बिलय भएर बाँकी जीवन चलाउन र पार्टीका नाममा खुद्रा पसल खोलेर नआउने आदेश दिएका छन । जनताको यो आदेशपछि माधव अव कोटेश्वर दरवारभित्रको शान बनेर बस्नुपर्ने देखिएको छ ।