janatatimes

१८ बैशाख २०८१, मंगलवार ०९:१४

सुहाङको विजय र्‍यालीमा सहभागी हुन अध्यक्ष ओली इलाम जाँदै


काठमाडौं, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदै हुनुहुन्छ । इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुने ओली इलाम जाने हुनुभएको हो । अध्यक्ष ओली आज दिउँसो १ बजे इलाम पुग्ने उहाँको सचिवालयले जनाएको छ।

पार्टीको उम्मेदवार बनेका सुहाङको चुनावी सभामा समेत पटक–पटक सहभागी हुनुभएको थियो ।आज बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै एमालेका सुहाङ विजयी हुनुभएको छ ।

यसैबीच ओलीले सुहाङलाई बधाई दिँदै आफ्नो पार्टीले युवाहरूलाई अझ अगाडि बढाउँदै जाने प्रतिवद्धता जनाउनुभएको छ। अध्यक्ष ओलीले खुसी हुँदै इलामेली मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिनुभएको छ ।