जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार १३:३६

सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट थापा मन्त्रीमा नियुक्त


धनगढी, १८ बैशाख । सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको हो । आजै १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ ।

वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त हुनुभएको थियो ।

सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गर्नुभएको थियो । आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ ।