काठमाडौं, १८ बैशाख । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व अर्थमन्त्री जनार्दन शर्माले स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले छानबिन विना नै कुनै संस्था या ब्यक्तिको मानमर्दन गर्नु नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ,
सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आएका ‘डार्क फाईल’ समाचारले निकै चर्चा पायो । यस्ता खालका स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ । छानबिन विनानै कुनै संस्था वा ब्यक्तिको मानमर्दन गर्नु हुँदैन । यस बिषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ?
प्रतिक्रिया दिनुहोस्