जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार २०:०१

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त


काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ । उहाँले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त गर्नुभएको हो ।