जनता टाइम्स

१९ बैशाख २०८१, बुधबार १४:३४

एमाले बर्दियामा प्यानलगत उम्मेदवारी दर्ता, अध्यक्षमा श्रेष्ठ र अधिकारी


बर्दिया, बैशाख १९ । नेकपा एमाले बर्दियाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । आकांक्षीबीच सहमति नजुटेपछि नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको छ ।

मंगलबार सुरू भएको १० औं अधिवेशनका बन्द सत्रपछि आज नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता भएको हो । नयाँ नेतृत्वको लागि अहिलेका निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग अलग प्यानल बनाइएको छ ।

श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री, उपसचिव लहानु थारू र मन्जु शर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ भने अधिकारी प्यानलबाट उपाध्यक्षमा दुर्गाबहादुर वली सचिवमा पदम ढकाल, उपसचिवमा जीवन शाही, र नारायणी शर्माले मनोनयन दर्ता गराउनु भएको छ ।

एमालेका महासचिव शंकर पोखरेलले मंगलबार अधिवेशन उदघाटन गर्नुभएको थियो ।