जनता टाइम्स

२० बैशाख २०८१, बिहीबार १९:१८

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान


काठमाडौं, २० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आव्हान गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यहि बैशाख २८ गते अपराहन्न २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको हो । यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।