जनता टाइम्स

२२ बैशाख २०८१, शनिबार ०९:५८

अमेरिकी डिभी चिट्ठाको नतिजा आज आउदै, कसरी हेर्ने ?


काठमाडौँ, २२ वैशाख । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।