जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार १२:५८

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको


काठमाडौं, २३ बैशाख । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ । जापानी विदेशमन्त्री खामिखावा आज बिहान काठमाडौं आइपुग्नुभएको हो ।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ ।

उहाँले आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा आजै भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।