जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार १४:००

इटहरी खानेपानीमा ५ दलीय गठबन्धनलाई धुलो चटाउदैं एमालेको प्यानलै विजयी


इटहरी, २३ वैशाख । मिनी स्थानीय तहको चुनाव मानिएको इटहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी हुनुभएको छ ।

काँग्रेस, माओवादी,राप्रपा,नेकपा समाजवादी र रास्वपाको गठबन्धनलाई पराजीतत गर्दै कार्यसमितिमा १५ जना र लेखा समितिमा ५ जना प्यानलै एमाले उम्मेदवार विजयी हुनुभएको हो ।

नयाँ कार्यसमितिले सपथ ग्रहण पछि कार्यभार सम्हालेको छ । पुरानो कार्यसमितिलाई बिदाइ गरिएको छ । इटहरी खानेपानी उपभोक्ता सस्थाको निर्वाचनमा अध्यक्षमा याम सुब्बा,उपाध्यक्षमा प्रेम बस्नेत,महासचिवमा सालिकराम ढकाल,सचिवमा लोकनाथ भटटराई कोषाध्ययमा गंगा प्रसाद दाहाल निर्वाचित हुनुभयो ।

खुल्ला सदस्य तफ पेशलकुमार लम्साल मनोजकुमार राय टोमप्रसाद तिमलसिना, सिम्रित थारु र कनकबहादुर कार्की विजयी हुनुभएको छ । यस्तै महिला तर्फ एमालेकै हिमादेवी कार्की, कमला निरौला बबिता नेपाली मुग्राती, पुष्पा चौधरी र चेतकुमारी खड्का बास्कोटा निर्वाचित हुनुभएको छ भने लेखा समितिमा राजन भट्टराई,देबी प्रसाद चापाँगाई,एलिजा खनाल,नरेन्द्र कुमार श्रेष्ठ र गोपीलाल भगत निर्वाचित हुनुभएको छ ।