जनता टाइम्स

२४ बैशाख २०८१, सोमबार १७:४४

एमाले फर्किन वामदेवको हारगुहार !


काठमाडौं, २४ बैशाख । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताउनुभएको छ । नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफु एमालेमा फर्किन आतुर रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले ७–८ महिना देखि कुरिरहेको बताउनुभएको हो ।

उहाँले आफुलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताउँदै ओलीले नेकपा फुटेको बेला आफु कतै नलागेकोले आफुलाई घाटा लागेकोसमेत बताउनुभयो । आफुलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै आफुले नेकपा नफुटाएको जिकिर गर्दै आफु त्यति बेला कतै नलागेको स्पष्ट गर्नुभयो ।

नेता बामदेवले ओलीकै आगाडी भन्नुभयो,‘म एमाले आउने तपाईको खुट्टा तान्न आउने होइन । म तपाइँलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउन् ।’ सोहि कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउँदै अहिले यस विषयमा आफुले चर्चा गर्न नचाहेको बताउनुभयो ।