जनता टाइम्स

२४ बैशाख २०८१, सोमबार १८:०४

मोटरसाइकल दुर्घटनामा डडेल्धुराका पूर्ववडाध्यक्षको निधन


धनगढी, २४ वैशाख । मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका पूर्ववडाअध्यक्षको निधन भएको छ । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार डडेल्धुराको आलिताल गाउँपालिका–१ का करिब ५५ वर्षीय पूर्णबहादुर ऐरको मृत्यु भएको हो । उहाँ सोही वडाका पूर्व वडाध्यक्ष समेत हो ।

उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुदूरपश्चिम प्रदेश ०१०११ प ९४६७ नम्बरको विपरीत दिशातर्फ आइरहेको मोटरसाइकल एक आपसमा ठोक्नि पुगेको थियो । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बस चालक भने फरार छन् । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।