जनता टाइम्स

२४ बैशाख २०८१, सोमबार १९:२१

काठमाडौंको शङ्खपार्कमा एक पुरुषको शव फेला


काठमाडौं, २४ वैशाख । काठमाडौंको शङ्खपार्कमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँको पहिचान भने खुल्न नसकेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो ।