जनता टाइम्स

२४ बैशाख २०८१, सोमबार २०:१६

डोटीमा आगलागीबाट एक घरमा सात लाखको क्षति


डोटी, २४ वैशाख । डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ । आदर्श गाउँपालिका–३ भकुण्डाका तुलाराम भट्टको घरमा आगलागी भएको हो । २ तले ४ कोठे ढुङ्गामाटो, काठले बनेको पत्थरले छाएको घरमा गोठको बाहिर आंगनमा बालेको आगोबाट आगलागी भएको हो ।

आगलागीबाट २ वटा गोरु, १ वटा गाई र २ वटा बाख्रा जलेर मरेका छन् ।

साथै घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा,भाडा वर्तनलगायतका सामानहरू जलि अन्दाजी ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।