जनता टाइम्स

२५ बैशाख २०८१, मंगलवार १२:२३

अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु


काठमाडौं, २५ वैशाख । अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ । गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका–७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ । घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।