जनता टाइम्स

२५ बैशाख २०८१, मंगलवार १३:४०

एमाले रसुवाको अधिवेशन सम्पन्न, अध्यक्षमा जनार्दन ढकालसहित सिंगो टिम सर्वसम्मत चयन


रसुवा, २५ बैशाख । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल चयन हुनुभएको छ । ९ औं जिल्ला अधिवेशनको बन्दसत्रले ढकालको नेतृत्वमा सर्वसम्मत पदाधिकारी चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्बा तामाङ, सह–सचिवमा चमेली गुरुङ र शुकबहादुर थोक्रासहित ७८ सदस्य रहेको कमिटी सर्वसम्मत हुनुभएको हो ।

कमिटीमा नयाँ अनुहार तथा युवा समेटिएका छन् । नेतृत्व नै नयाँ पुस्तामा हस्तान्तरण भएको एमाले रसुवा इन्चार्ज सोम मिश्रले जानकारी दिनुभयो ।

जिल्लाभरबाट कुल ३ हजार १ सय ९ जना सदस्यबाट पाँचवटै पालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिशत, महिला ३३ प्रतिशत गरी अधिवेशनमा ३ सय ९० जना प्रतिनिधी मतदाता सहभागी हुनुहुन्थ्यो । अधिवेशनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष ढकाल यसअघि सचिवको जिम्मेवारीमा रहनुभएको थियो । उहाँ ०७० सालको संविधान सभा सदस्यमा निर्वाचित भएपछि एमालेको राजनीतिक नेतृत्वमा हुनुहुन्छ ।