जनता टाइम्स

२५ बैशाख २०८१, मंगलवार १७:४०

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जना घाइते


धनगढी, २५ वैशाख । धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडीबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–४ सहिदगेटमा आज धनगढी–४ का कुबेर कुँवरले चलाएको से ३ प ८९७७ नम्बरको मोटरसाइकललाई पछाडीबाट धनगढी–४ की मन्जु भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ७४०४ नम्बरको स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा चालक दुबै जना घाइते भएका छन् । घाइते भएका मोटरसाइकल चालक कुँवरको नवजिवन अस्पताल र स्कुटर चालक भट्टको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते दुबै जना अवस्था मध्यम रहेको छ ।