जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १३:०६

सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित


काठमाडौं, २७ बैशाख । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि आज सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

उहाँले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक कम भने हुने बताउनुभयो ।