जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १५:०५

बझाङको उप-निर्वाचनबाट विजयी प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ


धनगढी, २७ बैशाख । उपनिर्वाचनमा बझाङ–१ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आज सभामुख भीमबहादुर भण्डारीले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुनुभएको थियो ।

उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभएको थियो । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।