जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १६:०१

जसपा नेपालद्धारा केन्द्रीय समितिको बैठक आव्हान


काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । हालै बिभाजन भएको जसपा नेपालले वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा पार्टीमा हालै देखिएको विभाजन तथा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने विषयमा छलफल हुने बताइएको छ । वरिष्ठ नेता अशोक राईले ७ सांसदलाई लिएर जसपा गठन गरेपछि जसपा नेपालले आगामी रणनीति बनाउँदै छ ।