जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १९:४१

बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक नियन्त्रणमा


वीरगन्ज, २७ बैशाख । बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीले बैशाख २७ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–८ लिङ्करोडबाट नियन्त्रणमा लिएको छ ।

पर्साको आदर्शनगरबाट बसपार्कतर्फ जाँदै गरेको ना. ३ ख ७६५६ नम्बरको मालवाहक ट्रकलाई विशेष सूचना आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।

ट्रकमा रहेको सामानको भ्याट बाहेकको मुल्य ३० लाख ४९ हजार ८८ रुपैयाँ कायम रहेको छ । नियन्त्रणमा लिईएको सामानसहितको ट्रक थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।