जनता टाइम्स

२८ बैशाख २०८१, शुक्रबार ०७:२४

आजको मौसम : यी प्रदेशमा चट्याङसहितको बर्षा हुने


काठमाडौं, २८ वैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू(भागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।