जनता टाइम्स

२८ बैशाख २०८१, शुक्रबार १९:४६

ट्याक्टर दुर्घटनामा परी सुस्तामा एक जनाको निधन


नवलपरासी पश्चिम, २८ वैशाख । पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते हुनुभएको छ ।

सुस्ता गाउँपालिका–३ बिगेटस्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगन्जतर्फ जाँदै गरेको लु ३ त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टँदा सुस्ता गाउँपालिका–५ का १३ वर्षका रोहित कंकरको मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएको कंकरको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सुस्ता गाउँपालिका–४ नर्सहीका बस्ने २१ वर्षका सुकई मल्लाह घाइते हुनुभएको छ । घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।