जनता टाइम्स

२८ बैशाख २०८१, शुक्रबार २३:४०

एमाले सचेतक सुनिता बरालले सार्वजनिक गरिन संसदमा बोलेको बिषयदेखि सहभागितासम्मको नालीवेली


काठमाडौं, बैशाख २८ । नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदको हिउँदे अधिवेशनमा आफ्नो सक्रियताको नालीबेलीसहितको बिवरण सार्वजनिक गर्नुभएको छ ।

संसदको दोस्रो वर्षको हिउँदे अधिवेशनमा आफूले उठाएको सार्वजनिक सरोकारका मुद्दा, संसदीय समितिमा उठाइएको बिषय र सार्वजनिक कार्यक्रममा भएको सहभागितालाई उल्लेख गरी आज उपलब्धी सार्वजनिक गर्नुभएको हो ।

‘सांसदको भूमिकामा मेरो प्रथम वर्षलाई मैले लामो समय विद्यार्थी आन्दोलन र विकासका विभिन्न अवयवको प्रत्यक्ष साक्षीको अनुभवलाई नीति निर्माणको व्यवहारिक तहमा कार्यान्वयन गर्ने र सिक्ने अवसरका रूपमा उपयोग गरेकी थिएँ र त्यसैको निरन्तरतालाई थप मजबुत बनाउन दोस्रो वर्षलाई उपयोग गर्ने संकल्प लिएकी छु,’ सचेतक बरालले भन्नुभएको छ ।

बरालले सरसरती कार्यक्रमहरूको मात्रै विवरण नदिएर आफूले सदनमा बोलेको सम्बोधनको पुरा पाठ पनि सार्वजनिक गर्नुभएको छ ।

सांसदको भूमिकामा मेरो प्रथम वर्षलाई मैले लामो समय विद्यार्थी आन्दोलन र विकासका विभिन्न अवयवको प्रत्यक्ष साक्षीको अनुभवलाई नीति निर्माणको व्यवहारिक तहमा कार्यान्वयन गर्ने र सिक्ने अवसरका रूपमा उपयोग गरेकी थिएँ र त्यसैको निरन्तरतालाई थप मजबुत बनाउन दोस्रो वर्षलाई उपयोग गर्ने संकल्प लिएकी छु

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता डा. शेखर कोइराला, डा. शशाङ्क कोइरालालगायतका शीर्ष नेताहरू रहनुभएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सम्बन्ध समितिकी सदस्यसमेत रहनुभएकी सचेतक बरालले यसअघि पनि संसदमा निर्वाह गरेको भूमिकालाई समेटेर सार्वजनिक जानकारी दिनुभएको थियो । यसपटक पनि जानकारी गराउनु भएको हो ।