रामेछाप, बैशाख २९ । अध्यक्ष र सचिव सर्वसम्मत चयन गरेको नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन निर्वाचनबाट उपाध्यक्ष र उपसचिव निर्वाचित गर्दै सम्पन्न भएको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले बुधबार उदघाटन गर्नुभएको अधिवेशनले पुरुषोत्तम कडरियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्षमा कडरिया सर्वसम्मत हुनुभएको छ । यस्तै सचिवमा प्रकाशकुमार कार्की सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनमा सहमति जुटन नसकेपछि उपाध्यक्ष र उपसचिवमा निर्वाचन भएको हो । निर्वाचनमा होतराज ढकाल ३ सय १० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उपाध्यक्षका अर्का प्रतिस्पर्धी ध्रुवकुमार कार्कीले २ सय ८७ मत पाउनुभएको छ । त्यस्तै रमेश कुमार वाग्लेले ४७ र ज्ञानबहादुर खड्काले ३१ मत पाउनुभएको छ ।
सचिवमा प्रकाश कुमारी कार्की सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । उपसचिव खुल्लामा मिलनकुमार घिसिङ ५ सय ९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उपसचिवका अन्य उम्मेदवारहरू दिनेश सुवेदीले १ सय १८ मत पाउनु भएको छ भने राजेन्द्र कुमार कार्कीले ४८ मत पाउनुभएको छ ।
महिला उपसचिवमा मखमली श्रेष्ठ ४ सय ४० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । सो पदका अन्य प्रतिस्पर्धी अनिता तामाङ राई, कमला शर्मा क्षेत्री र मञ्जु माया कार्कीले क्रमशः ८०, ७८ र ७७ मत पाउनुभएको छ । उहाँहरु तीन जनाकै मतभन्दा निर्वाचित मखमलीले निकै धेरै मतसहत जीत निकाल्नुभयो ।
यस्तै लेखा कमिटी अध्यक्षमा रामप्रसाद देवकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ । कमिटीको उपाध्यक्ष र सचिवमा तेजबहादुर बोहरा र तिलक कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ । सुनापति र दोरम्बाको भूगोलबाट आउने सबै सदस्य सर्वसम्मत हुनुभएको छ । अन्य स्थानबाट आउने सदस्य पनि धेरै सर्वसम्मत भएका थिए ।
नेकपा एमाले रामेछापले यस पटक जिल्लामा पहिलो पटक विद्युतीय उपकरणबाट मतदान गराएको छ । राम–लक्ष्मण नामक विद्युतीय उपकरणका १८ वटा मेसिन राखेर यस पटक मतदान गराइएको छ । नयाँ प्रविधिको प्रयोगबाट मतदान हुँदा सहभागी समेत उत्साहित देखिएका थिए ।
कुल ७ सय प्रतिनिधि रहेको मतदान प्रक्रियामा ६ स ७५ मत खसेको थियो । निर्वाचित नेताहरूलाई नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेले, एमाले रामेछापका इञ्चार्ज एवं केन्द्रिय सदस्य गणेश पहाडी, केन्द्रीय संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की प्रदेश सस्य सहितका नेताहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्