चितवन, २९ बैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउनुभएको छ । आज विहान चितवन पुग्नुभएको लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जीबी राइलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउदै ‘भगाएको मान्छे’ लाई खोज्न समय लाग्ने प्रतिक्रिया दिनुभएको हो ।
जीबी राई किन पक्राउ पर्न सकेनन् ? भनेर सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले भन्नुभयो,‘भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।’
त्यसपछि त्यसो भए कसले भगायो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो,‘भाग्दाखेरी सरकारमा को थियो ?’ उहाँले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताउनुभयो । उहाँले संसद्मा आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको भन्दै गुनासो समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्