जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार १५:२५

खुला दिशामुक्त राष्ट्र घोषणा गर्दै प्रधानमन्त्रीले सुनाउनु भयो हरेक दिन एक कदम अगाडि बढने यस्तो योजना


काठमाडौं, असोज १३ । नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा आज आयोजित बिशेष कार्यक्रममाफृत प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त राष्ट्रको घोषणा गर्नुभएको हो ।

खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सरकारले ८ वर्षअघि देशव्यापी रुपमा खुला दिसामुक्त क्षेत्रको अभियान सुरु गरेको थियो। यो घोषणासँगै नेपाल खुला दिसामुक्त हुने दक्षिण एसियाली पहिलो राष्ट्र बनेको छ। खुला दिसामुक्त राष्ट्रको घोषणा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‍ओलीले अब नेपाल हरेक दिन एक कदम अगाडि हुने अभियानमा लाग्ने योजना सुनाउनु भयो ।

‘अव नेपाल हरेक दिन एक कदम अगाडि हुन्छ, सडक मानवसहित भिखारी मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा अब हामी लाग्छौं, अब यहाँ कोही पनि भोकै मर्नु पर्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । खानेपानी मन्त्रालयले यो घोषणाले सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल गरेको जनाएको छ ।